एजेन्सी, ३ साउन । संसारभर कोरोना भाइरसको महामारी फैलिएको बेला अमेरिका पछि ब्राजिलमा संक्रमितको धेरै मृत्यु भएको छ । हालसम्म ब्राजिलमा १ करोड ९३ लाख ४२ हजार ४४८ कोरोना संक्रमितको संख्या रहेको छ ।
वल्डोमिटरको अनुसार संक्रमित मध्ये १ करोड ७९ लाख ८३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, संक्रमणबाट ५ लाख ४१ हजार ३२३ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् । ८ लाख १७ हजार ८५० जना संक्रमितको उपचार भैरहेको छ भने ब्राजिलमा ८ हजार ३ सय १८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
विश्वभर १९ करोड ७ लाख ९९ हजार कोरोना संक्रमितको संख्या पुगेको छ भने हालसम्म ४० लाख ९९ हजार १९४ जनाको मृत्यु भएको छ । त्यस्तै, १७ करोड ३८ लाख ५२ हजार ७६४ जना कोरोना संक्रमणमुक्त भएको वल्डोमिटरले जनाएको छ । यसैगरी, १ करोड २८ लाख ४७ हजार ५१४ जना संक्रमितको उपचार भैरहेको छ । ८० हजार ६३५ जना संक्रमितको संसारभर गम्भिर अवस्थामा उपचार भैरहेको छ ।