Logo

देउवालाई माधव नेपालको साथ विनै बहुमत पुग्ने



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै गर्दा राजनीतिमा नयाँ घटना विकास भएको छ । नेकपा एमालेभित्र ठूलो बिग्रह आएको छ । फुटिसकेको जनता समाजवादी पार्टी भने जोडिने अवस्था निर्माण भएको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षधरले देउवालाई विश्वासको मत दिने भएका छन् । यसले देउवाको पक्षमा स्पष्ट बहुमत प्राप्त हुने भएको छ । उनले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदको साथ विना नै विश्वासको मत पाउने भएका हुन् ।

अब देउवाले काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३२, नेकपा एमालेको माधवकुमार नेपाल पक्षधरको २० भन्दा बढी, जनमोर्चा नेपालको १ सांसदबाट मत पाउने देखिएको छ ।

देउवाले काँग्रेस, माओवादी र जसपाको मत पाएमा मात्र पनि विश्वासको मतको पक्षमा बहुमत पुग्छ । तीन दलको मत पाएमा देउवाले १४२ मत पुग्छ । जुन बहुमतका लागि आवश्यक १३७ भन्दा बढी हो ।



प्रतिक्रिया दिनुहोस्