काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरुसँग प्रधानमन्त्री देउवाले विश्वासको मत मागेले सकारात्मक भएर मत दिन लागेको बताएका हुन् । तर, उनले प्रधानमन्त्री देउवालाई जनादेशबाट नभई अदालतको परमादेशबाट भएको टिप्पणी गरे ।