काठमाडौं, ३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका प्रेम आले मगर, किसान श्रेष्ठ, गोपाल बम र धनबहादुर बुढाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् । उनीहरु यसअघि ओलीको पक्षमा थिए । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका हुन् ।
प्रधानमन्त्री देउवालाई मत दिने एमालेका अरु सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, रामकुमारी झाँक्री, विना बुढाथोकी, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।
पार्टीको निर्देशनविपरित प्रधानमन्त्री देउवालाई मत दिएका सांसदहरुलाई कस्तो कारबाही गर्ने भन्नेबारे पछि निर्णय लिने गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । तर, अर्का सांसद खगराज अधिकारीले भने पार्टीले के कारबाही गर्नु ? अब आउने निर्वाचनमा जनताले उनीहरुलाई कारबाही गर्ने बताए । उनले भने, जनताले सूर्य चिन्हबाट जिताएर पठाए, उहाँहरुलाई रुखलाई भोट हाल्नुभयो । अब कारबाही पनि जनताले गरिहाल्छन् । file photo