Logo

अमेरिकी खोपको पहिलो मात्रा आजदेखि, प्रधानमन्त्रीले खोप केन्द्रको अनुगमन गर्ने



काठमाडौं, साउन ४ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अभियान आजदेखि सुरु हुने भएको छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जनाएका छन्।

५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई र पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई यो खोप दिइँदै छ ।

अहिले बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुन लागेको हो ।खोप अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्