काठमाडौं, ४ साउन । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ । अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी साइन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले आइतबार चाटर्ड बिमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्राएको हो ।
प्रतिष्ठानले पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको छ । त्यस्तै डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअल लार्ज २३ सय ४ थान, ईमरजेन्सी रिलिफ वेड ३० थान पनि आइपुगेको छ भने डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ माक्स १ लाख २८ हजार थान गरी करिव आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् । यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेको उनको भनाई छ ।
उनले कोरोना तेश्रो चरणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री ल्याइएको बताइन् । नेपाल ल्याइएका स्वास्थ्य स्वास्थ्य सामाग्री नेपाल सरकारसंगको समन्वयनमा सातै प्रदेशमा वितरण गरिने थापाले जानकारी दिइन् । त्यस्तै प्रतिष्ठानका निर्देशक धर्म केसीले कोरोना रोकथाम र न्युनिकरणका लागि बिभिन्न प्रकारका स्वास्थ्य सामाग्री नेपाल ल्याइएको र उक्त सामाग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिए । मन्त्रालयको आपूर्ति तथा व्यवस्थापन महाशाखासंगको समन्वय र सहमतिमा मुलुकका आवश्यक स्थानमा बितरण गरिने उनको भनाई छ ।
यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर , मेडिकल टेन्ट , वाईप्याप मेसिन ,आइसीयू वेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको थियो ।
प्रेस विज्ञप्ति
कोभिड–१९ को त्रासदीपूर्ण अवस्थाबाट विश्व आक्रान्त बन्न पुग्यो, त्यसवाट नेपाल अछुतो रहन सकेन । कोभिडको पहिलो र दोस्रो लहरबाट नेपाली जनस्वास्थ्य नराम्रो संग प्रभावित बनेको छ । यस बीचमा झन्डै दश हजार नेपालीले ज्यान गुमाएका छन्, लाखौं संक्रमित भएका छन, अर्थतन्त्र शिथिल बन्न पुगेको छ । आज पनि देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी छ । साधन श्रोतको सिमितता, यो स्तरको महामारी थेग्न सक्ने हाम्रोे स्वास्थ्य संयन्त्र, हस्पिटलमा अक्सिजन जस्तो अत्यावस्यक सामाग्रीको कमजोर आपूर्ति व्यवस्थापन, नागरिक सचेतता जस्ता कारणले हामीले दुःखद अवस्था व्यहोरनुपर्यो । हामीले अझै पनि सबै नागरिकलाई कोरोना विरुद्धको खोपको सुनिश्चितता गर्न सकेका छैनौ । महामारीको त्रासदी अझै बाँकी छ, यो अवस्थाको अन्त्य भईसकेको छैन ।
यस पृष्ठभूमिमा कोरोना विरुद्धको सरकारले अगुवाई गरेको साझा लडाईमा सहकार्य, साझेदारी गर्नु आम नागरिक, व्यक्ति, समुह, संघसंस्थाको कर्तव्य र जिम्मेदारी हुन आउँछ । यसै प्रयासलाई मध्यनजर गर्दै प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल ल्याउन सफल भएका छौ । विभिन्नन अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी साइन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी चाटर्ड विमान मार्फत नेपाल आई पुगेको छ ।
प्रतिमान नीमा स्मृति प्रतिष्ठान नेपालको कानुन बमोजिम दर्ता भई सामाजिक गतिविधिमा लामो समय देखि क्रियासिल गैर नाफामुलक सामाजिक संस्था हो । यस संस्थाले विगतखेखि शिक्षा, स्वास्थ्य, बातवरण, जनचेतना, प्रशिक्षण कार्यहरु गर्दै आई रहेको यस संस्थाले जारी कोभिड संकटमा होल्डिङ्ग सेन्टर, विपतमा परेका नागरिकलाई निशुल्क भोजनको व्यवस्था र स्वास्थ्य सामाग्री संकलन र वितरण कार्यमा समर्पित भइरहेको छ ।
पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर , मेडिकल टेन्ट , वाईप्याप मेसिन ,आइसीयू वेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको प्रतिष्ठानले दोस्रो चरणमा चाटर्ड विमान मार्फत ल्याएका स्वास्थ्य सामाग्रीहरुको विवरण यसप्रकार रहेको छ । पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान, डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअल लार्ज २३ सय ४ थान, ईमरजेन्सी रिलिफ वेड ३० थान, डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ माक्स १ लाख २८ हजार थान गरी झण्डै ८ करोड लाख मुल्य बरावरको स्वास्थ्य सामाग्री अनुदान सहयोग ल्याएका छौं । यसअघि पनि संस्थाले साढे दुई करोड वराबरको स्वास्थ्य सामाग्री बितरण गरिसकेको छ ।
आगामी दिनमा पनि कोरोना बिरुद्धको खोप ल्याउने तयारी भइरहेको पनि जानकारी गराइन्छ ।
स्वाती थापा
कार्यकारी निर्देशक
प्रतिमान नीमा स्मृति प्रतिष्ठान
भैरहवा, रुपन्देही