काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । संसदमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएपछि यी दुई नेताबीच आज भेटवार्ता भएको हो । आजै दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
उक्त भेटमा पनि दाहालले नेपाल समूहलाई सरकारमा ल्याउनेबारे कुरा राखेको बुझिएको छ । नेपाल समूहका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अनुशासन उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटीको बैठकमार्फत २४ घण्टे स्पष्टीकरणसमेत सोधेका छन् । आज फेरि एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । file photo