Logo

आदर्श लघुवित्तले ६० लाखको आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा बिओके



काठमाडौं, ८ साउन । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्कासन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।

लघुवित्तको अब शेयर निष्काशन भईसकेपछि संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटलबाट हुने जनाईको छ ।

 



प्रतिक्रिया दिनुहोस्