Logo

युनाइटेड इन्स्योरेन्सको २७औं साधारण सभा साउन ३१ गते



काठमाडौं, १० साउन । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं साधारण सभा हुने भएको छ । कम्पनीको साउन ३१ गते भर्चुअल माध्यमबाट सभा हुने भएको हो ।

कम्पनीको सभाले ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरी नयाँ आवको लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ ।

सभाको लागि साउन २० गते एकदिन कम्पनीको बुक क्लोज गर्ने भएकोले १९ गतेसम्म कायम भएका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्