Logo

सरकारले वैज्ञानिकहरुको समन्वयमा कोरोना खोप नेपालमै उत्पादन गर्नतिर लाग्नुपर्छ : डा. पाण्डे



काठमाडौं, १२ साउन । डा.वासुदेव पाण्डेले कोरोना भाइरस लामो समय रहने भन्दै नेपालमै खोप उत्पादन गर्नुपर्ने बताए । ‘सरकारले वैज्ञानिकहरुको समन्वयमा कोरोना खोप नेपालमै उत्पादनतिर लाग्नुपर्छ ।’ उनले भने,‘यो भाइरस चाँडै अन्त्य हुँदैन् ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. पाण्डेले कोभिड सकिएको सोच्नु गलत भएको जिकिर गर्दै भने,‘यो भाइरस समयसँगै परिवर्तन भएको छ, यसमा रोग सार्नसक्ने क्षमता अत्यधिक बढी छ ।’ सरकारले आवश्यकता अनुसार चेकजाँच गर्न नसक्दा भाइरस फैलिएको भन्दै उनले भाइरसले स्पाइकको रुपमा संक्रमण बढाएर मृत्युदर बढ्दै गएको भनाई राखे । उनले अझै कोरोना भाइरस केही वर्ष रहने हुनाले सँगै बस्ने वातावरण बनाउन समेत सबैलाई आग्रह गरे । खोपको ट्रायल समयमै नेपालमै गर्न पाएकौ भए थप क्षतिबाट जोगाउन सकिने उनको भनाई छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने संकलन भएका संक्रमणका विवरण सही छन् वा छैनन् त्यो कसैले जाँच नगरेको गुनासो पोखे । उनले भने,‘कोरोना विवरण चुस्त–दुरुस्त राख्न पर्यो ।’  नमुना परीक्षण गर्दागर्दै थप समस्या निम्तिएको भन्दै उनले नमुना परीक्षण चाँडोभन्दा चाँडो गर्नुपर्ने बताए । उनले नेपालमा भाइरसका कुन–कुन भेरियन्ट छन्, कुन बढीरहेका छन्, कुन घटिरहेका छन्, त्यसको अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

कन्ट्याक्ट–टे«सिङ सुनिश्चित गरेर ठाउँअनुसार लकडाउन लगाउनुपर्ने बताए । नेपालमा कन्ट्याक्ट–टे«सिङलाई ध्यान दिएर जाँच नगर्दा स्थिति भयावह बन्दै गएको उनको भनाई थियो । कोरोना संक्रमण पत्ता लाग्ने पिसीआर र एन्टिजेनबाहेक अरुपनि नयाँ प्रविधिहरु आएको बताउँदै उनले नयाँ प्रविधिको प्रयोग गर्न सरकारलाई सुझाव दिए । तेस्रो भेरियन्ट नियन्त्रण खोपको लागि राजनितिक नेतृत्वको निर्देशनबिना प्राविधिक काम अघि बढ्न नसक्ने जिकिर गरे । उनले विदेशबाट आउनेलाई बिशेष निगरानी राख्नुपर्ने बताए । उनले जनता रहेमात्रै राजनीति रहन्छ भन्दै जनताको लागि काम गर्नसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्