काठमाडौं, १२ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ साउनबाट बिदा लिने भएका छन् । तीन वर्षे कार्यकाल पूरा गर्नुभन्दा एक महिना अघि उनले बिदा बस्ने भएका हुन् । थापा बिदा बस्ने दिनदेखि रथी प्रभुराम शर्माले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रथी प्रभुराम शर्मालाई २५ साउनबाट कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । २५ भदौबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाएपछि नेपाली शर्माले सेनाको कमाण्ड सम्हाल्नेछन् ।