Logo

नबिल बैंकको ७ वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने समय थप



काठमाडौं, १३ साउन । नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि बिक्रिमा ल्याएको ७ वर्ष अवधिको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । छिटो अवधि असार १३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि साउन २४ गतेसम्मका लागि मिति थप गरेको हो ।

यसक्रममा माग जति आवेदन परेमा २४ गते भन्दा अगाडी कुनै पनि दिन बिक्रि बन्द हुने बैंकले जनाकारी पनि दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले जारी गर्ने ‘८ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८५’ नामको ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्टाएको मध्ये ६० हजार कित्ता सामुहिक लगानीकोषको लागि छट्टाएको छ ।

ऋणपत्र खरिदको लागि न्युनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्मका लागि छिटोमा साउन १३ गतेसम्म र ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने छ ।



प्रतिक्रिया दिनुहोस्