काठमाडौं, १३ साउन । सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठ सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका छन् । डिइआजीमा एक वर्ष म्याद थप नभएपछि स्वतः पदमुक्त भएका उनी पुर्नबहालीको माग गर्दै सर्वोच्च पुगेकोमा अन्तरिम आदेश जारी भई पुर्नबहाली भएका थिए ।
तर, आज प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले उनको पुर्नवहालीको लागि दिइएको अन्तरिम आदेश खारेज गरेको छ । आदेश खारेज गरी मुद्दालाई अग्राधिकार दिन समेत आदेश जारी भएपछि उनी पुर्नवहाली हुने ढोका बन्द भएको हो । आदेशमा अवकश नै पाइसकेपछि करिब १ महिना पछि परेको रिट निवेदनबाट अवधि थप गरी पाउँ भन्ने दाबी प्रथम दृष्टिमा नै निर्विवाद हक हनन भएको अवस्थाको हो भन्न सकिने स्थिति नभएको उल्लेख छ ।