Logo

अपर चौंरीखोला आयोजनामा दुई सरकारी बैंकले संयुक्त लगानी गर्ने



काठमाडौं, १७ साउन । अपर चौंरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी संयुक्त लगानी गर्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले आयोजनामा संयुक्त लगानी गर्ने भएका हुन् ।

कर्णाली जलस्रोत लिमिटेड मुख्य कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ । काभ्रे र सिन्धुपाल्चोकको सीमामा रहेको चौंरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अर्ब १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका हुन् ।

वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्