Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



काठमाडौं, साउन १८ । आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो तीन बजेको लागि तय भएको बैठकको तयारी नपुगेको भन्दै आजलाई बैठक सारिएको छ ।

आजको बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको थियो । माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले र्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा माओवादीले नौ मन्त्रालय पाउने भएको छ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्