Logo

एनएमबि बैंकको शुन्य मौज्दातमै नयाँ बचत योजना



काठमाडौं, १८ साउन । सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी एनएमबि बैंकले नयाँ बचत योजना संचालनमा ल्याएको छ । बैंकले शुन्य मौज्दातमै बिषेश सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् योजना ल्याएको हो ।

बैंकको अनुसार यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्स सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंक जनाएको छ ।

बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्