Logo

कोरोना भाईरस: तेस्रोे लहरको सुरुवात



काठमाडौं, साउन २१। केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उनीहरूले खोपलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रहसमेत गरेका छन् ।

वरिष्ठ भाइरोलोजिष्ट डा वासुुदेव पाण्डेले नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरु भएको भन्न मिल्ने बताएका छन् । सरकार र नागरिकको लापरबाहीका कारण कोभिड बढेको भन्दै उनले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रमा सतर्क हुनुपर्ने र उचित पहल गर्नुपर्ने बताए ।

“हाल सहर बजारमा कोभिडलाई बेवास्ता गर्दै नागरिक निर्धक्क हिँड्न थालेका छन्”, वरिष्ठ भाइरोलोजिष्ट डा पाण्डेले भने– “सार्वजनिक सवारीसाधनमा हिँड्दा मास्क नलगाउने तथा ठेलमठेल गरेर आउन जाने गरेका छन् । यसले झन् समस्या पार्दैछ ।” आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्