काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रनिकट उच्च स्रोतकाअनुसार दाहालले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाईसकेका छन् ।
नेकपा (एमाले) को माधव कुमार नेपाल समूह सरकारमा आउने वा नआउने भन्नेबारे टुँगो लागेको छैन् । तर, प्रधानमन्त्री देउवाले भने नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउने सोच बनाएका छन् । तर, नेता नेपालले भने अहिले नै आफ्नो समूह सरकारमा नजाने जवाफ दिएको बुझिएको छ । प्रधानमन्त्री देउवाले आज÷भोलिभित्रै सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । file photo