काठमाडौं, २४ साउन । आज नेप्से झिनो अंकले बढेको छ । आज (आइतबार) २२७ कम्पनीका १ लाख २६ हजार ९२४ पटक कारोबार भएर १४ अर्ब ३० करोेड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
नेप्सेको अनुसार आज अपि पावर कम्पनीको आज ८१ करोड ८५ लाखको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको ५४ करोड ४४ लाख, ङादी ग्रुपको ४९ करोड ४७ लाख, बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।