Logo

बार्सा छोड्दा थामिएन मेस्सीको आँशु



एजेन्सी, २४ साउन । अर्जेन्टिनाका लियोनल मेसीको स्पेनिस फुटबल क्लब बार्सिलोनासँगको सम्झौता सकिए पनि नयाँ सम्झौता हुने अपेक्षा गरिएको थियो । नयाँ सम्झौताको अन्तिम तयारी भइरहँदा ला लिगाले आर्थिक र संरचनागत अवरोधका ३४ वर्षीय मेसीको सम्झौता हुन नसक्ने जानकारी गराएको थियो । त्यसपछि बार्सिलोनाले पनि विज्ञप्ति जारी गर्दै अब मेसिको यात्रा उक्त क्लबमा नहुने जानकारी गराएको थियो । सोहीअनुसार आइतबार बार्सिलोनाले पत्रकार सम्मेलन गरेर मेसीको विदाई गरेको हो । बार्सिलोनामा २१ बर्ष बिताएका लियोनल मेस्सीले अन्तिम पटक आफ्ना समर्थकबाट विदाई हुँदा निकै भावकु भए ।

बार्सिलोनामा भएको पत्रकार सम्मेलनमा मेस्सीले आँखामा आँशु निकाल्दै सबैलाई बाईबाई भनेका छन । उनले पत्रकार सम्मेलनमा क्लवबाट बाहिरीनु निकै कठिन भएको र अहिलेको अवस्थाका लागि आफु तयार नभएको बताए । १३ बर्षको उमेरमा बार्सिलोनामा आएको किशोर २१ बर्षपछि आफ्ना छोराहरु र श्रीमतीका साथ जानुपर्ने भएको छ । अहिलेका लागि बार्सिलोनाबाट विदाई भएपछि एकदिन फेरी फर्किने बाचा आफ्ना छोराहरुलाई दिएको र त्यो पुरा गर्ने बताए ।

उनले बार्सिलोनामा आफ्नो अविष्मरणीय क्षण पहिलो पटक सिनियर टिममा डेब्यु गर्दा रहेको बताए । त्यो आफ्नो सपना पुरा भएको दिन थियो । जुन जहिलेपनि सम्झिने बताए । उनले आफ्नो विदाई कुनै एउटा खेल खेलेर होस भन्ने चाहना भएपनि अहिले नै बाईबाई भन्नुपर्ने अवस्था आउँदा केहि दुखी भएको धारणा राखे । क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।

मेस्सीले पेरीस सेन्ट जर्मेन आफ्नो भविष्यको एउटा विकल्प रहेको बताए । क्लवले आफुलाई धेरैपटक कुरा गरेको धेरै विकल्प राखेको समेत बताए । तर अहिलेको अवस्थामा केहिपनि फाइनल नभएको बताए । १३ वर्षको उमेरमा बार्सिलोनामा जोडिएका उनी १६ अक्टोबर २००४ मा पहिलो पटक बार्सिलोनाबाट खेलेका थिए । त्यसको दुई वर्ष पछि बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनै मेसीको ३० जुनमा बार्सिलोनासँगको सम्झौता सकिएको थियो ।

तर थप ५ वर्षका लागि सम्झौता हुने चर्चा चलिरहँदा बार्सिलोनाले सम्झौताको प्रयास असफल भएको जानकारी गरायो । जसले गर्दा मेसी अहिले स्वतन्त्र भएका छन् । उनी अब कुन क्लबमा आवद्ध होलान भन्ने चासो बढेको छ । अहिलेसम्म आधिकारिक पुष्टी केही भएको छैन । तर केही क्लबको नाम भने जोडिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्