काठमाडौं, २४ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) ले आज जातीय विभेद तथा छुवाछुतविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘दलित संघर्षशील विम्ब हो, न्यायको पक्षमा सधैं लडिरहने न्यायप्रेमीहरुको रुप हो’, जातीय विभेद गर्ने जोकोहीलाई सामाजिक बहिष्कार गरौं’, सीप र दक्ष जनशक्तियुद्ध समूदायलाई घृणा होईन सम्मान गरौं’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम