Logo

देउवाले कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याएको पौडलको आरोप



काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि पार्टीलाई भीख माग्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् । १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने गरी निरीह अवस्थामा पुर्याएको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलले समयमै महाधिवेशन नगरेर देउवाले निर्वाचन आयोगसँग निरिहता प्रदर्शन गरिरहेको टिप्पणी गरेका हुन् । सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता र लार्पवाही भएको टिप्पणी समेत गरे ।

देशकै विडम्बना सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्ने भएको तर्क गरे । काँग्रेसको नवौं महाधिवेशन भदौमा तोकिएपनि हुन नसक्ने निश्चित भएपछि आयोगसँग परामर्श गरी सार्ने तयारी भइरहँदा पौडेलको भनाई आएको हो । उनले २३ भदौभित्र महाधिवेशन नगरे देउवालाई सभापति नमान्ने चेतावनी दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’



प्रतिक्रिया दिनुहोस्