Logo

अरुण भ्यालीसहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौ., २५ साउन । नेप्से आज सामान्य अंकले बढ्दा १४ अर्ब बढीको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ ।

नेप्सेको अनुसार आज अरुण भ्यालीको प्रतिकित्ता ६ सय २९ रुपैयाँ शेयरमुल्य कायम भई ६७ करोड ४८ लाख बढीको कारोबार भएको हो ।
त्यस्तै, अपर तामाकोशीको आज प्रतिकित्ता ८ सय २१ रुपैयाँ शेयरमुल्य कायम भई ५८ करोड ९९ लाख बढीको कारोबार भएको छ ।

नेप्सेको अनुसार, आज अपि पावर कम्पनीको ५३ करोड ८० लाख, सिनर्जी पावर कम्पनीको ५० करोड ५४ लाख, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्