काठमाडौं, २५ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न नमिल्ने बताएका छन् । पछिल्लो समय उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयमा विभिन्न समाचार आएका थिए ।
राष्ट्रपतिसंगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो।राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।
— Dr. Bhim Rawal (@BhimRawal179) August 9, 2021
रावलले राष्ट्रपतिसँगको भेटमा आफूले एमालेको समस्यामाध मध्यस्थता गरिदिन आग्रह गरेको भनेर समाचार आएकोमा आपत्ति जनाउँदै ती समाचार मनगढन्ते र भ्रामक भएको उनको भनाई छ ।सामाजिक सञ्जाल टिवटरमा रावलले लेखेका छन्-“राष्ट्रपतिसंगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो।राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।”