काठमाडौं, २६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई क्यान्टोनमेन्ट, ललिता निवास र मातातिर्थ प्रकरणमा छानबिन गर्न र कारबाही गर्न आग्रह गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले क्यान्टोनमेन्टको भ्रषटचारको विषयमा छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कतै यी प्रकरणमा छानबिन गर्दा गठबन्धन धरापमा पर्ने हो कि भन्ने पनि व्यंग्य कसे ।
उनले सत्तापक्षीय गठबन्धन बहुत राम्रो गठजोड रहेको सुनाए । उनले भने,‘उहाँहरुले अहिले सबै मन्त्रालय आँफैंकहाँ राख्नुभएको छ । एक महिनाको समय त खेर गयो । शुभकामनाको अर्को लहर १४÷१५ महिना चल्नेछ । देशको विकासको यो आवाजलाई सुनेर जवाफ दिनुहोस ।’