काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुको भेला भएको छ । आज र भोलि दुई दिनसम्म चल्ने भेलामा ३६ जिल्लाका सभापतिहरुको सहभागिता रहेको बाग्मती प्रदेशका प्रदेशका कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।
हिजोमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला भएको थियो । उनीहरुको भेला आजपनि जारी छ । पौडेल पक्षलाई काउन्टर दिन सभापति देउवा पक्षधर जल्ला सभापतिहरुको पनि भेला सुरु भएको छ ।
भेलामा पार्टीको १४र्औं महाधिवेशन कसरी सम्पन्न गर्न सकिन्छ अथवा समयमै गर्न नसकिए त्यसको विकल्पमा कुन बाटो अपनाउने भन्ने विषयमा छलफल भएको छ । त्यस्तै, पार्टी सभापति देउवालाई बलियो बनाउनको लागि आवश्यक कदम चाल्नेबारे पनि छलफल भएको एक नेताले जानकारी दिए । File Photo/reportersnepal