काठमाडौं, २८ साउन । जनउत्थान लघुवित्तको वार्षिक समिक्षा तथा बजेट विनियोजन गोष्ठी सम्पन्न गरेको छ । संस्थाले साउन २५ र २६ गते पाल्पा जिल्लाको तानसेनमा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न गरेको हो ।
संस्थाको अनुसार वित्तीय संस्थाका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षता तथा संस्थापक अध्यक्ष, नेपाल सरकारका पूर्व सचिव, वित्तीय संस्थाका परिकल्पनाकार डा.मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, शर्मिला वि.क.,टोप बहादुर सुनार, प्रकाश भण्डारी, मधु कुँवर र चेत नरायण रिमाल लगाएतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए ।