Logo

ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ



काठमाडौं, २८ साउन । ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ परेका छन् । ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका(७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका(६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्री भन्ने ग बहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

२०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका १४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न ग बहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्