काठमाडौं, २९ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि जारी गरेको आईपीओमा बिहीबारसम्ममा १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।
सिडिएसका अनुसार हिजोसम्ममा १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । जुन मागभन्दा आवेदन ४८ दशमलव २१ गुणा बढी हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।
कम्पनीको निष्काशन गरेको कुल आइपीओमध्ये ५ हजार ४६९ कित्ता कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई विक्रि गर्ने जनाएको व्यवस्था गरको छ ।
आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।