काठमाडौं, २९ साउन । लघुवित्त वित्तीय संस्थाहरुलाई कर्मचारी नीति तथा कार्यरत कर्मचारी संरचनाको समिक्षा गरी सक्सेसन प्लान तयार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकको कुनै पनि कर्मचारी अर्को विभागमा सरुवा हुँदा, संस्था छाड्दा, अवकास हुँदा त्यस विभागमा हुने अभावलाई मध्यनजर गर्दै योजना बनाउन निर्देशन दिएको हो ।
बैंकले संस्थाबाट राजिनामा दिई गएका कर्मचारीहरुको संस्थाको कर्मचारी सेवा विनियमावलीमा भएको व्यवस्था भन्दा बढि रकम असुल गर्ने कार्य बन्द गर्न निर्देशन दिएको हो । यसरी बढी असुल गरेको रकम सम्बन्धितलाई फिर्ता गरी सोको जानकारी नेपाल राष्ट्र बैंकलाई दिनु समेत निर्देशन दिएको छ ।