काठमाडौं, २९ साउन । साउन १३ गतेदेखि साउन २० गतेसम्म बिक्री खुल्ला गरेको अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम साउन ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने पनि कम्पनीले जनाएको छ ।
कम्पनीले जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समुहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।