Logo

रुसमा एपीभ्याक कोरोना खोपबाट कसैको मृत्यु नभएको कम्पनीद्धारा पुष्टि



एजेन्सी, ३० साउन । रुसी कोरोना खोप निर्माता कम्पनी भेक्टर सेन्टरले एपी भ्याक कोरोना भ्याक्सिनबाट रुसमा कसैको मृत्यु नभएको पुष्टि गरेको छ । एक डोज खोपले कोरोनाविरुद्ध लड्न सक्ने क्षमता भएको एपीभ्याक कोरोना भ्याक्निसले रुसमा कुनै मृत्यु नभएको कम्पनीले बिहीबार पुष्टि गरेको हो ।

कम्पनीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘एपी भ्याक कोरोना भ्याक्सिनबाट एक जनाको पनि मृत्यु दर्ता भएको छैन् ।’ कोरोनाविरुद्ध प्रयोग गरिने एपी भ्याककोरोना भ्याक्सिनले सन् २०२० को अक्टोबर महिनामा रुसी सरकारबाट मान्यता प्राप्त गरको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्