काठमाडौं, ३० साउन । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । आज (शनिबार) बाँडफाँड भएको उक्त आइपीओमा ५ लाख ४० हजारलाई १० कित्ताको दरले आइपीओ परेको छ । उक्त कम्पनीको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । जसमा १७ लाख ६७ हजार १२२ जनाको हात खाली भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० गतेदेखि १०० रुपैयाँ मूल्यको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । उक्त आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामको वेभसाइटबाट साथै https://results.prabhucapital.com/, https://sanimalife.com/हेर्न सकिन्छ ।-File photo