Logo

मानुषी लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, ३१ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गनेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने गरेको हो ।

शुक्रबारसम्ममा संस्थाको आईपीओमा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार कित्ता शेयर खरिद गरेको जनाइएको छ ।

संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदकले आईपीओमा छिटोमा साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त समयमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्