Logo

काठमाडौंमा ८ हजार कोरोना संक्रमितको उपचार हुँदै



काठमाडौं, ३१ साउन । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमित मध्ये काठमाडौं जिल्लामा मात्र ८ हजार ४ सय ७ जना संक्रमितको उपचार भैरहेको छ । हालसम्म २ हजार ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २ लाख १५ हजार ३ सय ५४ जना संक्रमणमुक्त भइसकेको छन् । हालसम्म काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख २५ हजार ७ सय ६५ पुगेको छ ।

त्यस्तै, ललितपुरमा १८ सय २७ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । ६ सय १८ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, भक्तपुरमा कोरोना संक्रमणबाट हालसम्म ३ सय ९८ जनाको निधन भएको छ । कुल २५ हजार ८ सय ९८ मध्ये २४ हजार १ सय ३८ जना निको भएका छन् भने संक्रिय संक्रमितको संख्या १३ सय ६३ रहेको छ ।

हिजो १ हजार ३ सय २० जना संक्रमणमुक्त भएसँगै हालसम्म नेपालमा ६ लाख ८० हजार ८ सय १५ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्