Logo

यी हुन् अफगानिस्तानकी एकमात्र महिला युद्ध सरदार आयशा



एजेन्सी, ३१ साउन । अफगानिस्तानमा महिलामाथि ठूलो विभेद छ । उनीहरुले तालिवानको शासनकालमा विद्यालय समेत जान पाएनन् । महिलाहरु कलम चलाउनबाट समेत वञ्चित गरिएको कालमा पनि महिला युद्ध सरदार थिइन् भन्दा आश्चर्य लाग्न सक्छ । तर, अफगानिस्तानमा ३ दशक अघि देखि एकजना महिला युद्ध सरदार छिन् । जसको साथमा योद्धाको फौज नै छन् ।

आयशा बिबी अफगानिस्तानकी एकमात्र महिला युद्धसरदार हुन् । बाग्लान प्रान्तमा उनको प्रभाव छ । उनीसँग सयौं योद्धाहरु छन् । कफ्टार अर्थात् परेवाको नामले चिनिने आयशाले दुई दशक अघि देखि सशस्त्र समूह राखेकी छिन् । उनले सोभियत फौज र तालिवानसँग पनि लडेको इतिहास छ ।

अफगानिस्तानमा महिलालाई सैन्य भूमिकाबाट वञ्चित गर्नुपर्ने धारणाको विपरित छिन् । उनले महिला र पुरुषले फरक नहुने योद्धाको जस्तो मुटु हुनुपर्ने धारणा राख्दै आएकी छिन् ।

आयशला तालिवानको तारोमा पर्दै आएकी छिन् । उनीमाथि गत वर्ष तालिवानको आक्रमणमा परेकी थिइन् । ७० वर्ष कटिसकेकी बिबी आयशाले तालिवानसँग सम्झौता गरेको चर्चा गत वर्ष नै चलेको छ ।

यी हुन् अफगानिस्तानकी एकमात्र महिला युद्ध सरदार आयशा



प्रतिक्रिया दिनुहोस्