Logo

कञ्चनपुरको कलकत्तामा नेपाल बंगलादेश बैंकको नयाँ शाखा



काठमाडौं, ३१ साउन । नेपाल बङ्गलादेश बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको भन्दै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्