काठमाडौं, ३१ साउन । नेपाल एसबिआई बैंक बेस्ट कर्पोरेट बैकिंग सोलुसन्स नेपाल अवार्डबाट सम्मानित भएको छ । लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले बैंकलाई सम्मान गरेको हो ।
उक्त सम्मान क्यापिटल फाइनान्स इन्टरनेसनलद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गरिन्छ । सन् १९९३ मा स्थापित नेपाल एसबिआई बैंकले आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई ५१ जिल्लामा फैलिएका ११८ आउटलेटमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।