Logo

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे



एजेन्सी, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

समाचार एजेन्सी एएनआईले घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ ।

अफगानिस्तानको काबुलमा तालिवान पसिसकेका छन् । उनीहरुले सरकारी सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । काबुल बाहिर जान चाहनेलाई जान दिइने समेत भनेका छन् ।
अफगानिस्तानमा तालिवानको कब्जा निश्चित भएपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्