Logo

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले प्रवभाकारी कदम चालोस : प्रचण्ड



काठमाडौं, ३२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्नको लागि सरकारको ध्यानाकार्षण गराएका छन् । दाहालले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घट्नाप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकार्षण भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवश्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्