Logo

कान्तिपुर अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई बिशेष छुट



काठमाडौं, ३२ साउन । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकले कान्तिपुर अस्पतालसँग सम्झौता गरेकोे जनाएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा बिशेष छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका हुन् ।

बैंककोे अनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले अस्पतालमा निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/आइसियु/यचसुयु, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन (ल्याब, एक्स रे, युएसजी, इसिजि इन्डोस्कोपी, पिएफटि, इको) मा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्