Logo

आफ्नो घरबार बिर्गान खोजेकोले कृषलाको हत्या गरेः अभियुक्त



उदयपुर, ३२ साउन । साउन १३ गतेदेखि बेपत्ता भएकी उदयपुरको १७ वर्षीया किशोरी कृषला चौधरीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । त्रियुगा नगरपालिका–६ मोहनपुरकी चौधरीको शव सामुदायिक वन समुहको रातमाटे खहरेखोलामा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

हत्यामा सम्लग्न सप्तरी सुरुङ्गा १ का उचितलाल सदा र विषे सदा पक्राउ परेका छन् । हत्यामा सम्लग्न उचितलाल सदाले आफ्नो घरबार कृषलाले बिर्गान खोजेको आरोपमा हत्या गरेको प्रहरीलाई बताएका छन् । उनले योजना अनुरुप साउन १३ गते मोवाइलमा फोन गरेर कृषलालाई जंगलमा बोलाएर हत्या गरेको सदाले बयान दिएका हुन् ।

दिउँसो ३ बजे बेपत्ता भएकी किशोरीको सोही राति साँढे १० बजे नै घर नजिकको जंगलमा २ जनाले हत्या गरेको प्रहरी समक्ष बताएका छन् । उचितलालको श्रीमती र मृतक कृशला चौधरी साथी–साथी भएको र आफ्नो घरबार बिगार्न लागेकोले हत्या गरेको जनाइएको छ ।

पहिलो घरबार पनि बिग्रिएको र दोस्रो पनि बिग्रने डरले उतिचलालले हत्याको योजना बनाएका हुन् । बेपत्ता भएको १७ दिनपछि कृषलाको शव जंगलमा घाँस काट्न जानेहरुले फेला पारेर प्रहरीलाई खब गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्