Logo

छिमेक लघुवित्तद्वारा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह



काठमाडौं, १ भदौ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले पाँच वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको हो ।

मंगलवार सूचना जारी गर्दै कम्पनीले २०६९/७०, २०७०/७१ र २०७१/७२ सम्मको नगद लाभांश शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो ।

सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटल, नागपोखरी, काठमाडौंमा आवश्यक कागजपत्रको प्रतिलिपि सहित सम्पर्क गरी उक्त लाभांश बुझिलिन समेत आग्रह गरेको छ ।

कम्पनीले दिएको समय भित्र पनि शेयरधनीले आफ्नो पुरानो लाभांश लिन नआए उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्