काठमाडौं, १ भदौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले १०.५० प्रतिशत साउन २४ गते दोस्रो बजारमा शेयर सूचीकृत गराई उक्त शेयर कारोबार गर्न सकिने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले गत चैत १४ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर पारित गरेको थियो । कम्पनीले लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि बुक क्लोज गरेको छ । फागुन २७ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको संस्थाले जनाएको छ ।
फागुन २७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।