काठमाडौं, १ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । उनले उक्त अध्यादेश संविधानको मर्म र जनताको आकांक्षीविपरित निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको बताएका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?
— Dr. Bhim Rawal (@BhimRawal179) August 17, 2021
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? “