Logo

बैंक अफ काठमाण्डुको कामु सिइओमा मास्के



काठमाडौं, २ भदौ । बैंक अफ काठमाण्डु लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ ।

बैंकको साउन ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । बिओकेका प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्तको भदौ १ गतेबाट कार्यकाल समाप्त भएपछि भदौ २ गते बुधबारदेखि लागु हुनेगरी उनलाई उक्त जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

मास्केले बैंकमा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्