काठमाडौं, २ भदौ । विभाजन भई बनेको नेकपा एमाले (समाजवादी) मा ३१ सांसद रहेका छन् । आज दल दर्ताको निवेदनमा ३१ सांसदको हस्ताक्षर रहेको छ ।
३१ सांसदमध्ये प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना, झलनाथ खनालसहित ९ जना छन् ।
नयाँ बनेको दलका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले आफूहरुसँग प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३१ सांसद रहेको बताए । उनले केपी शर्मा ओलीबाट एमाले अगाडि बढ्न नसक्ने बताए ।
एमालेका ५८ जना केन्द्रीय सदस्यहरु नयाँ दर्ता भएको दलमा रहेका छन् । उनीहरुको हस्ताक्षर निर्वाचन आयोगको दल दर्ता गर्दा बुझाइएको छ ।