Logo

भीम रावलले भने : म विभाजनको पक्षमा छैन्, अझै एकताको प्रयास गर्छु



काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टी एकताको लागि अझै पहल गर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले पार्टी एकताको विकल्प नभएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिईएको नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच सहमति कायम गराउनेगरि आफूले छलफल थालेको स्पष्ट पारेका छन् ।

उनले आफू पार्टी विभाजनको पक्षमा नरहेको जिकिर गरे । उनले भने,‘म अझैपनि पार्टी एकताको पक्षमा छु । दुई/चार दिन यसको लागि काम गर्छु । तर, म विभाजनको पक्षमा छैन् ।’ हिजोमात्रै माधव नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताको लागि निवेदन दिईएको छ । उक्त दलमा साविक नेकपा (एमाले) का ५८ जना केन्द्रीय सदस्य छन् । नेपाल नेतृत्वका दलमा ९५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्