काठमाडौं, ३ भदौ । मन्त्रिपरिषदको बैठकले श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले १४ भदौमा श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्तामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गर्ने निर्णय समेत गरेको छ । उनलाई २४ भदौ देखि प्रधानसेनापतिमा पदोन्नति गर्ने निर्णय भइसकेको छ ।
सैनिक सेवा चौंथो संशोधन नियमावली २०७८ पनि स्वीकृत गरेको छ । यसैगरी काठमाडौं तराई मधेश द्रुत मार्ग आयोजनाको लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशंकर सामुदायिक वनमा परेका राष्ट्रिय वन क्षेत्र प्रयो गर्न स्वकृत प्रदान गरेको छ ।
यसैगरी सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गरेको छ ।