Logo

ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताको लागि पूनः निवेदन, महतो र भण्डारी वरिष्ठ नेता राखियो



काठमाडौं, ४ भदौ । महन्थ ठाकुरको नेतृत्वमा निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताको लागि पूनः निवेदन दिईएको छ । उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो र शरदसिंह भण्डारीको नाम राखिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा भने ३१ जनाको नाम राखिएको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको लागि निवेदन दिएको हो । यसअघि यो समूहले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताको लागि निवेदन दिएको थियो ।

तर, आयोगले जसपासँग नाम मिल्दोजुल्दो भएकोले अर्को नाममा दर्ता गर्न आग्रह गरेको थियो । सोहीअनुसार आज ठाकुर पक्षले दल दर्ताको लागि निवेदन दिएको हो । file photo



प्रतिक्रिया दिनुहोस्